नेहा कक्कडले गरिन् रोहनप्रीतसँगको अफेयरको खुलासा

एजेन्सी

मुम्बई

बलिउड गायिका नेहा कक्कड बितेका केही दिनमा विवाहको खबरले चर्चामा छिन् । नेहाको पन्जाबी गायक रोहनप्रीत सिंहसँग विवाह गर्ने खबर आएको थियो । सायद यहि कुरालाई प्रमाणित गर्न नेहाले एक तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेर आफ्नो सम्बन्धलाई अफिसियल गरीदिएकी छिन् ।

नेहाले इष्टाग्राममा आफ्नो र रोहनप्रीतको सँगै भएको एक तस्वीर पोस्ट गरेकी छिन् । तस्वीरमा दुवैजना निकै खुशी देखिन्छन् । तस्वीर पोस्ट गर्दै नेहाले क्याप्सनमा लेखेकी छिन्, ‘तिमी मेरो हो । ’ उनले दुवैजनाको नाम मिलाएर ह्याश ट्याग पनि राखेकी छिन् ‘नेहुप्रीत’ ।

यो भन्दा पनि पहिला नेहा र रोहनको एक तस्वीर भाइरल भएको थियो । उक्त तस्वीरमा दुवैजनाले हातमा केही सामान लिएका थिए । दुवैको साइडमा दुईजना मानिसहरु थिए । उनीहरु रोहनप्रीतका माता पिता हन् भनिएको छ ।

भारतीय समाचार अनुसार नेहा र रोहन २४ अक्टोबरमा सात फेरो लिनेछन् । उनीहरुको विवाह दिल्लीमा हुनेछ र महामारीको कारण थोरै मानिसको मात्र उपस्थिति हुनेछ । रोहनप्रीत पन्जाबी गायक हुन् । उनले केही रियालिटी शो हरुमा भाग लिएका थिए ।

प्रकाशित मिति: : 2020-10-09 14:13:55

प्रतिकृया दिनुहोस्