अक्षय कुमारको ‘लक्ष्मी बाम्ब’को ट्रेलर रिलीज

एजेन्सी

मुम्बई

बलिउड कलाकार अक्षय कुमारको फिल्म लक्ष्मी बाम्बको ट्रेलर आज रिलीज भएको छ । फिल्ममा अक्षय कुमार लुक अन्य फिल्मको भन्दा निकै फरक छ । कोरोनाको कारण सिनेमा घरमा नभएर यो फिल्म ओटीटी प्लेटफर्ममा रिलीज गरिएको छ । लक्ष्मी बाम्ब डिज्नी प्लस हाटस्टारमा तिहारको अवसरमा रिलीज हुनेछ ।

अक्षय कुमारको फिल्म लक्ष्मी बाम्बको ट्रेलर दमदार छ । यसलाई सेयर गर्र्दै अक्षयले लेखेका छन्, ‘जहाँ कही भएपनि त्यहि रोकीएर तयार हुनु लक्ष्मी बाम्बको ट्रेलर हेर्न । ’ फिल्म लक्ष्मी बाम्बमा अक्षय कुमार अपोजिट कियारा आडवाणीमा देखिनेछन् । फिल्ममा अक्षय कुमार एक यस्ता व्यक्ति हुन्छन्, जो सँग एक ट्रान्सजेन्डर भुत छ ।

यो एक कमेडी फिल्म हो । यसको निर्देशन राघव लारेन्सले गरेका छन् । यो फिल्म साउथ सुपरहिट फिल्म मुनीः २ कंचनाको हिन्दी रिमेक हो । ट्रेलर सार्वजनिक गर्नु अगाडी नै अक्षय कुमारले फिल्मलाई लिएर सामाजिक सञ्जालमा हास्न, डराउन र आफ्नो घर परिवारलाई देखाउनु होला भन्दै ट्रेलर आज आउने जानकारी दिएका थिए । उनको पोस्टमा एक फ्यानले उनको फिल्म पर्खिरहेको प्रतिक्रिया दिएका थिए ।

भारतसँगै लक्ष्मी बम्ब फिल्म अमेरिका, ब्रिटेन र क्यानाडामा पनि डिजीटल रुपमा रिलीज हुनेछ ।

प्रकाशित मिति: : 2020-10-09 14:22:37

प्रतिकृया दिनुहोस्