राहुल तेवटीया र रियान परागकाे बलियाे साझेदारीमा इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पाँच विकेटले हराएको छ।
हैदराबादले दिएको एक सय ५९ रनको लक्ष्य राजस्थानले १९.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
तेवटीया ४५ र पराग ४२ रनमा अविजित रहे। उनीहरुले छैटौँ विकेटका लागि अविजित ८५ रनको साझेदारी गरे।
यस्तै सन्जु सामसनले २६ रन जोड्दा रोबिन उथप्पाले १८ रन बनाए। जोस बट्लरले १६ रन जोडे।
हैदराबादका राशिद खान र खलिल अहमेदले २/२ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५८ रन जोड्यो।
हैदराबादका मनिष पाण्डेले ५४ र डेभिड वार्नरले ४८ रन बनाए।
यता केन विलियमसनले २२, जोनी बेयर्स्टले १६ र प्रियम गार्गले १५ रन जोडे।
राजस्थानका जोफ्रा आर्चर र जयदेव उनाडकट एक एक विकेट हात पारे।
राजस्थानले लगातार चार हारपछि पहिलो जित हात पारेको छ। राजस्थानको ७ खेलबाट ६ अंक छ। हैदराबादको यो चौंथो हार हो। हैदराबादको समान खेेलबाट ६ अंक छ।