नेपाल भारत चीन सीमा: दुई वर्षमै सीमा क्षेत्रमा दोबर भन्दा बढी प्रहरी चौकी

बिबिसी

काठमाडौं
दुई वर्षमै सीमा क्षेत्रमा दोबर भन्दा बढी प्रहरी चौकी
दुई वर्षमै सीमा क्षेत्रमा दोबर भन्दा बढी प्रहरी चौकी

नेपालले भारत र चीनसँगका सीमामा शत प्रतिशत भन्दा बढीले सीमा अवलोकन गर्न सीमा प्रहरी चौकी (बीओपी)बढाउने काम द्रूत गतिमा भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।

हाल नेपालको भारत र चीनतर्फको सीमा क्षेत्रमा २२० वटा बीओपी कायम रहेको बताइएको छ।

दुई वर्षभित्र त्यो सङ्ख्या बढाएर ५०० पुर्‍याउने लक्ष्य रहेको सरकारले जनाएको छ।

सशस्त्र प्रहरीका प्रमुखले सीमा सुरक्षाको विषयलाई प्राथमिकतामा राखिएको भन्दै अहिलेकै रफ्तारमा काम हुने हो भने दुई वर्ष भित्र ती पोष्टहरू स्थापना भइसक्ने बताए।

तीन दिशामा भारतसँग १,७५१ किलोमिटर खुला सीमा रहेको नेपालको उत्तरमा चीनसँग १,४१४ किलोमिटर सीमा रहेको छ।

सीमा विवाद

हालैका दिनमा भारत र चीन दुवै देशसँग स्थानीय स्तरमा सीमा विवादका विवरण आइरहेका बेला सशस्त्र प्रहरी प्रमुखको पछिल्लो भनाइ आएको हो।

सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएको सरकारले यसै वर्ष कालापानी नजिकै पनि सीमा चौकी स्थापना गरेको थियो।

त्यसबाहेक चीन तथा भारत दुवै देशका सीमा क्षेत्रमा हतियारसहित सशस्त्र प्रहरीको उपस्थिति बाक्लिँदै गएको सुरक्षा अधिकारीहरू बताउँछन्।

देशका विभिन्न स्थानमा अहिले सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट 'बीओपी' स्थापना गरिरहेको छ

गत भदौ १५ गते भारतसँग जोडिएको इलामको सलकपुरमा सशस्त्र प्रहरीले बोर्डर आउट पोस्ट 'बीओपी' स्थापना गर्‍यो।

प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना सशस्त्र प्रहरी खटाउने भनिए पनि जनशक्ति अभावमा अहिले उक्त बीओपीमा प्रहरी नायव निरीक्षकको कमाण्डमा २५ जना सशस्त्र प्रहरी राखिएको छ।

केही दिन अघि भारतसँग जोडिएका पाँचथरको चिवाभन्ज्याङ, भैँसे तथा इलामको समालबुङमा पनि सशस्त्र प्रहरीका बीओपी स्थापना भए।

प्रकाशित मिति: : 2020-10-12 10:43:00

प्रतिकृया दिनुहोस्