दशै तिहारमा नागरिकको सुरक्षा र संक्रमण जोखिम कम गर्ने सरकारकाे विशेष सुरक्षा योजना

तस्बिरः बिएल
तस्बिरः बिएल

दशैंमा घर जादै हुनुहुन्छ? आफूले यात्रा गर्ने सवारी साधनमा दुरी कायम गरिएको छ छैन हेर्नुहोला। छैन भने कृपया सचेत नागरिकको जिम्मेवार निभाउँदै प्रहरीको १०० र ११४९ मा तत्काल खबर गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ। 

गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले आम नागरिकलाई सचेत भएर प्रहरीमा खबर गर्न आग्रह गरेका हुन्।

कोभिड संक्रमणको कारण दैनिक ५ हजार भन्दा बढि संक्रमित भेटिए पनि तत्काल लकडाउन गर्ने सरकारको योजना नभएको भन्दै उनले प्रत्येक नागरिक आफैं सचेत भएर सरकारको नियम उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन सघाउनुपर्ने बताएका हुन्।

दशैंमा घर नगई नहुने यात्रुले आफू र आफ्नो सम्पर्कमा आउने व्यक्तिको सुरक्षाको लागि सचेत रहन आग्रह गर्दै उनले सवारी साधनमा प्रत्येक दुई सिटमा एक जना मात्र यात्रु राख्न र सबैले अनिवार्य मास्क तथा सेनिटाईजरको प्रयोग गर्न/गराउन आग्रह गरेका छन्।

यदि त्यस्तो गरेको नपाईए संक्रामक रोग ऐन अनुसार त्यस्ता व्यवसायीलाईसमेत ६ महिनासम्म कैद हुने बताए। 
सरकारले दशैं तिहारको समयमा गाँउ जानेलाई ट्रयाकिङ्ग सिस्टममा समावेश गर्न नसकेको स्वीकार गर्दै स्थानीय सरकारले आफ्नो टोलमा रहेको स्थानीय क्वलमार्फत भए पनि गाउँ पसेका मानिस घरमै क्वारेन्टाईन् बसे नबसेको अनुगमन गर्न जरूरि रहेको बताए।

सरकारले कडाई गरेको खण्डमा संक्रमणको जोखिम कम हुन्छ भन्ने उदाहरण प्रदेश नं २ बाट प्रमाणित हुन्छ। अन्य प्रदेशको सवालमा सरकार चुकेकै हो त भन्ने प्रश्नको जवाफमा उनले सरकारको एक्लो प्रयासले मात्र यो सम्भव नहुने भन्दै यसमा हरेक नागरिक आफैं सचेत रहने र नियम उल्लघंन गर्नेलाई कारवाहीको दायरामा ल्याउन सरकारलाई सघाउन अनुरोध समेत गरे।

दशैं तिहारमा नागरिकको सुरक्षासँगै संक्रमणको जोखिमलाई कम गर्ने उद्देश्यसहित सरकारले विशेष सुरक्षा योजनासहित अगाडि बढेको बताए।

उनले यसका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको जानकारीसमेत गराए। सबैजसो जिल्लाले सुरक्षा योजना तयार गरिसकेको बताउदै उनले त्यसलाई तत्काल कार्यान्वयन गराउने सवालमा गृह मन्त्रालय अत्यन्तै गम्भीर ढंगबाट अगाडि बढेको बताए।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित व्यक्ति आईसोलेसनमा नबसेको पाईएमा संक्रमित रोग ऐन अनुसार कारवाही गर्नु भनि गृहलाई पत्र पठाएको विषयमा यदि व्यक्ति आईसोलेसनमा नबसेको कसैले थाहा पाएर खबर गरेमा तत्काल कारवाहीको दायरामा ल्याईने बताए। संक्रमक रोग ऐन अनुसार व्यक्तिलाई मात्र नभई रोग नियन्त्रणमा लापरवाही गरि बढी भिडभाड गर्ने  गराउने उद्योग प्रतिष्ठान यातायात व्यवसायी लगायतलाई कारवाहीको दायरामा ल्याइने बताए।

कोरोना पोजिटिभ देखिएर विरामी नभएका व्यक्तिलाई यदि घरबेटी र टोलसमाजले घृणा, हेय गर्ने र घरबाट निकाल्नेगर्छ भने स्थानीय वडामा खबर गरेमा उनीहरूलाई समेत कारवाही गरिने जानकारी गराए।

विदेशबाट आउने यात्रु र राजधानीमै कोरोना जाचँगर्न आउनेले आफ्नो ठेगाना र फोन नम्बर गलत दिँदा पोजिटिभ देखिएका मानिसले संक्रमण फैलाएको हुनसक्ने भन्दै उनले व्यक्ति आफैं ईमान्दार नभए सरकारले यसको नियन्त्रण गर्न नसकिने स्वीकारे।

प्रकाशित मिति: : 2020-10-12 16:45:00

प्रतिकृया दिनुहोस्