उत्तर कोरियाका तानाशाह किमले माफी मागे आफ्नो जनतासँग (भिडियाेसहित)

एजेन्सी

प्योङ्योङ

उत्तर कोरियाका तानाशाह नेता किम जोङ उन सोमबार एउटा सार्वजनिक समारोहमा निकै भावुक देखिए। वर्कर्स पार्टीको ७५ औं जन्मदिवसको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले विगतमा आफूबाट भएको गल्तीका कारण माफी मागेका थिए। 

यस अवसरमा उनले सेनाको भूमिकाको उच्च प्रसंसा गर्दै धन्यबाद दिए। उनी कार्यक्रममा आँखाबाट आशु पुछ्दै गरेको देखा परेका थिए। यस अवसरमा उनले उत्तर कोरियामा कोरोनाको एउटा पनि संक्रमित नभेटिएको दावी गरे। 

पार्टीले आफ्नो स्थापना दिवसमा विभिन्न कार्यक्रमको तयारी गरिरहेको छ। देशको विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा जनताहरू राजधानी प्योङयोङ पुगेका थिए। यस अवसरमा सबैभन्दा पहिले सैनिक परेड भएको थियो। 

उत्तर कोरियाको सैन्य क्षमता विश्वलाई देखाउने उद्देश्यले परेडमा थुप्रै मिसाइलको प्रदर्शन गरियो। किम जोङको भाषण सुन्न स्कुलबाट विधार्थी कार्यक्रम स्थलमा पुर्याइएको थियो। 

किमले यस अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै भने, ‘म आफ्नो सेना र उनीहरूको बलिदानका लागि नतमस्तक छु। हामीले थुप्रै अफ्ठेरो परिस्थितिबाट जुध्नु पर्यो। हालै देशमा हावाहुण्डरी र कोरोना भाइरस जस्ता समस्या आइपरेका थिए। यस अवस्थामा सेनाले आफूलाई पुनः प्रमाणित गरेका छन्। उनीहरूले नै हामीलाई हावाहुण्डरी र कोरोना भाइरसबाट जोगाए।’ 

उनले विभिन्न कारणले देश विकासको गति रोकिएकोमा सबैसँग क्षमा मागें। यतिबेला उनले चश्मा फुकालेर आँशु पुछेका थिए। 

उनले देशभित्र कोरोना भाइरसको एउटा पनि संक्रमित फेला नपर्नुलाई खुसीको कुरा बताए। 

दक्षिण कोरिया र अमेरिकाले किमको यो दावीमाथि प्रश्न उठाएका छन्। संयुक्त राष्ट्र संघको एक रिपोर्टअनुसार उत्तर कोरियामा हाल ४० प्रतिशत मानिस कुपुषणको शिकार भएका छन्। 

हावाहुण्डरी र कोरोनाले यहाँको अर्थव्यवस्था कमजोर भएको छ।

प्रकाशित मिति: : 2020-10-13 17:17:00

प्रतिकृया दिनुहोस्