पन्जाबसँग बेंगलोर ८ विकेटले पराजित

किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार भएकाे खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले हराएकाे छ।

बेंगलोर दिएकाे १ सय ७२ रनको मध्यम लक्ष्य  पन्जाबले २ विकेट गुमाउदै अन्तिम बलमा पुरा गरेकाे हाे।

पन्जाबलाई जितको लागि अन्तिम ओभरमा दुई रन आवश्यक रहेको थियो। तर, स्पिनर युजभेन्द्र चहलले उत्कृष्ट बलिङलेउक्त ओभरमा एक महत्वपूर्ण विकेटलिँदै खेललाई अन्तिम बलसम्म धकलेका थिए।

उनकाे अन्तिम दुई बल बाँकी रहँदा क्रिस गेललाई रन आउट बनाएका थिए तर अन्तिम बलमा निकोलस पूरनले छक्का प्रहार गर्दै खेल जिताए।

 पन्जाबका लागि केएल राहुलले नटआउट ६१ रन बनाए। राहुलले ४९ बलमा १ चौका र ५ छक्का प्रहार गरे ।

यता गेलले ४५ बलमा १ चौका र ५ छक्का ५३ रनमा रन आउट भए। उनकाे जारी सिजनमा पहिलो खेल हाे।यस अगाडि उनलाई पन्जाबले माैका दिएकाे थिएन। तर, ७ खेलपछि मैदान उत्रिएका गेलले अर्ध शतक प्रहार गरे।

यता २५ बलमा ४ चौका र ३ छक्कासहित मयंक अग्रवाल ४५ रनमा आउट भए।

बेंगलोरका युजभेन्द्र चहलले ३ ओभर बलिङ गर्दै ३५ रन दिएर एक विकेट लिए।

यसअघि शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनायो। 

बेंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४८ रन जोडे। कोहलीले ३९ बलमा ३ चौका प्रहार गरे।

क्रिस मोरिस ८ बलमा ३ छक्का र १ चौका सहित २५ रनमा अविजित रहे। 
देवदत्त पाडिक्कल १८ रनमा क्याच आउट भए। पाडिक्कले १२ बलमा १ चौका र १ छक्का प्रहार गरे। 

यता १९ बलमा २ छक्का प्रहार गरेका शिबम डुबेले २३ रन जोड्दा आरोन फिन्चले २० रन बनाए। फिन्चले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे।

वासिन्टन सुन्दरले १४ बलमा १ चौका प्रहार गर्दै १३रन बनाए। इसुरु उडाना ५ बलमा १ छक्का सहित १० रनमा अविजित रहे।

यता आक्रामक ब्याट्सम्यान एवि डिभिलियर्स दुई रनमा क्याच आउट भए। 

 बेंगलोरका स्पिनर मुरुगन आश्विनले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। 

मोहम्मद शामीले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए। 

क्रिस जोर्डन र अर्शदीप सिंहको नाममा समान एक/एक विकेट रह्यो।

जितसँगै पन्जाबले ८ खेलमा ४ अंक जोडेको छ। पन्जाब पुछारमा रहेको छ।

पन्जाबले यस सिजन लगातार दोस्रो खेलमा बैंगलोरलाई हराएको हो। यसअघि  पन्जाबले बैंगलोरलाई ९७ रनले हराएको थियो।

बेंगलोरको यो तेस्रो हार हो। तालिकाको तेस्रो स्थानमा रहेको बेंगलोरले ८ खेलमा १० अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-10-15 23:21:00

प्रतिकृया दिनुहोस्