सुशान्त मृत्यु प्रकरणबारे अझै  अनुसन्धान भइरहेको छ: सीबीआई

एजेन्सी

मुम्बई
सीबीआईले सुशान्त सिंह राजपूत मृत्यु प्रकरणबारे अनुसन्धान अझै भइरहेको जनाएको छ। 
सीबीआईले सुशान्त सिंह राजपूत मृत्यु प्रकरणबारे अनुसन्धान अझै भइरहेको जनाएको छ। 

सीबीआईले सुशान्त सिंह राजपूत मृत्यु प्रकरणबारे अनुसन्धान अझै भइरहेको जनाएको छ। 

एम्स अस्पतालमा गठित एक समितिले आफ्नो अनुसन्धान पूरा गरेको र मुद्दा तल्लो तहसम्म पुगेको समाचार प्रकाशित भइरहेको बेलामा सीबीआईको यो भनाइ आएको हो।

सीबीआईका प्रवक्ता आरके गौरले भने, ‘यसअघिका केवल अनुमान मात्र थिए। यस केसमा सीबीआईको अनुसन्धान अझै चलिरहेको छ।’

सीबीआईले चाँडै अदालतमा आफ्नो क्लोजर रिपोर्ट पेश गर्ने उनले बताए। 

३४ वर्षका राजपूत गएको जुन १४ मा मुम्बई स्थित घरमा मृत फेला परेका थिए। उनले आत्महत्या गरेको मुम्बई प्रहरीले प्रारम्भीक रिपोर्टमा उल्लेख गरे पनि हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको थियो।

सुशान्तको मृत्युपछि पोस्टमार्टम मुम्बईको कपूर अस्पतालका चिकित्सकले गरेका थिए। यही अस्पतालमा सुशान्तको अटोप्सी गरिएको थियो। तर अटोप्सीमा प्रश्न उठेपछि सिआईबीले यो जिम्मा एम्स अस्पताललाई बुझाएको थियो। 

यसै क्रममा सीबीआईको आग्रहमा एम्स अस्पतालले २१ अगस्टमा मेडिकल बोर्ड गठन गरेको थियो। जसको जिम्मेवारी डा सुधिर गुप्तासहित पाँच जना चिकित्सक सम्हालेका थिए। 

उक्त समितिले सुशान्तको आटोप्सी रिपोर्ट जाँच गरेको थियो। करिब एक महिनापछि सुशान्तको हत्या नभई आत्महत्या भएको निष्कर्ष निकालेको छ। योसँगै सुशान्तको मृत्युको जाँचको लागि बनेको टोली बिघटन भइसकेको छ।

एम्सका फोरेन्सिक विभागका प्रमुख डा सुधिर गुप्ताले भनेका थिए, ‘यो प्रस्ट रुपमा आत्महत्याको विषय हो।’ एम्सको यो रिपोर्ट सुशान्तको परिवारका वकिल विकास सिंहले पनि प्रश्न गरेका थिए। 

यो टोलीले २८ सेप्टेम्बरमा आफ्नो रिपोर्ट सिआइबीलाई बुझाएको छ। रिपोर्टमा कुनै पनि किसिमको विष सुशान्तको शरीरमा नपाइएको बताइएको छ। 

अस्पतालको तर्फबाट यस्तो प्रतिक्रिया आएपनि सिआइबीले यसको आधिकारिक पुष्टि गरेको भने छैन।

प्रकाशित मिति: : 2020-10-16 12:11:00

प्रतिकृया दिनुहोस्