ड्रग्स प्रकरण: विवेक ओबरायको घरमा प्रहरीको छापा

एजेन्सी

मुम्बई
प्रहरीले बलिउड अभिनेता विवेक ओबरायको घरमा छापा मारेको छ।
प्रहरीले बलिउड अभिनेता विवेक ओबरायको घरमा छापा मारेको छ।

प्रहरीले बलिउड अभिनेता विवेक ओबरायको घरमा छापा मारेको छ।  यो छापामारी अभिनेता ओभराय नभई उनका सालासँग सम्बन्धित रहेको प्रहरी अधिकारीहरुले जनाएको छन्। 

जुहुस्थित घरमा पुगेको बेंगलुरु प्रहरीले बिहीबार दिउँसो १ बजेबाट छापा मार्न सुरु गरेको थियो।

गलुरु प्रहरी सर्च वारेन्ट लिएर पुगेको प्रहरीले विवेकको घरमा छापा मारेको हो।

विवेशकका साला आदित्य अल्वालाई कन्नड फिल्म उद्योगका गायिका र अभिनेता/अभिनेत्रीलाई ड्रग्स सप्लाई गर्ने गरेको आरोप छ। यही कारण उनको घरमा छापा मारिएको हो। उनी कर्नाटकका पूर्वमन्त्री जीवराज अल्वाका छोरा हुन्।

‘आदित्य अल्वा फरार रहँदै आएका छन्। उनी विवेक ओबरायका नातेदार हुन र उनी यहाँ लुकेका छन् भन्ने सुचनाका आधारमा छापा मारेका हौँ,’ एक प्रहरी अधिकारीले भने।

कन्नड फिल्म उद्योगलाई ‘सैन्डलउड’का रूपमा चिनिन्छ। बलिउडजस्तै दक्षिणमा भारतीय फिल्म क्षेत्रमा पनि पछिल्लो समय लागूपदार्थ दुर्व्यसनका घटना सार्वजनिक भएका थिए।

प्रकाशित मिति: : 2020-10-16 12:16:00

प्रतिकृया दिनुहोस्