फ्रान्समा पुन: फैलियाे काेराेना, एकै दिन ३० हजार भन्दा बढी संक्रमित

फ्रान्समा तीब्र गतिमा पुनः कारोना भाइरसकाे संक्रमण फैलिन थालेको छ। 

फ्रान्समा तीब्र गतिमा पुनः कारोना भाइरसकाे संक्रमण फैलिन थालेको छ। 

बिहीबार मात्रै यहाँ ३० हजार ६ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसअघि बुधबार २२ हजार ५९१ जनामा सक्रमण देखिएको थियो।

विश्व स्वास्थ्य संगठनले फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यू लगाउन सुजाव दिइसकेको छ। यसका साथै यहाँको सरकारले पनि बढी भिडभाड हुनेस्थानमा रातको समय ४ घण्टा कर्प्यू घोषणा गरिसकेको छ। 

फ्रान्सले सवै सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरेको छ। फ्रान्स सरकारले अगामी केही साताका लागि अनिवार्य मास्क लगाउन निर्देशन दिँदै नियम उल्लंघन नगर्न सबैसँग आग्रह गरेको छ। 

युरोपमा कोरोना भाइरसको दोस्रो चरणको संक्रमण फैलिन सुरु भएको छ। स्पेन र फ्रान्स जहाँ संक्रमणको दोस्रो चरण सुरु भइसकेको छ, बेलायत, इटाली र जर्मनीमा पनि संक्रमितको संख्या बढ्न थालेका छन्। 

युरोपका यी देशमा पाँच महिनाअघि कोरोना उच्च बिन्दुमा थियो। यसपछि कोरोना नियन्त्रणमा आएको बताइएको थियो। तर, अहिले फेरि कोरोना संक्रमणको घटना उही रफ्तारमा बढ्न थालेको छ। 

फ्रान्स, इटली, पोल्याण्ड तथा र जर्मनी जस्ता देशहरुमा बिहीबारदेखि परीक्षणलाई ठूलो मात्रामा बढाइएको छ।

यस्तै यूरोपमा लाखौँ मानिसहरुलाई कोरोनाको दोस्रो लहर सुरु हुने क्रममा रहेकोले नयाँ गाइडलाइन्सको पालना गर्न भनिएको छ। शनिबारदेखि लण्डनमा इनडोर सामाजिक कार्यक्रममा पनि रोक लगाइएको छ ।

प्रकाशित मिति: : 2020-10-16 12:17:00

प्रतिकृया दिनुहोस्