सुवास घतानेलाई विश्व कराते च्याम्पियनसिपमा रजत

नेपाली कराते खेलाडी सुवास घतानेले भर्चुअल विश्व कराते (काता) च्याम्पियनसिपमा रजत जितेका छन् ।
नेपाली कराते खेलाडी सुवास घतानेले भर्चुअल विश्व कराते (काता) च्याम्पियनसिपमा रजत जितेका छन् ।

नेपाली कराते खेलाडी सुवास घतानेले भर्चुअल विश्व कराते (काता) च्याम्पियनसिपमा रजत जितेका छन् । सुवासले एकल कातामा रजत जितेको नेपाल सोतोकान कराते संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जनाएका छन् । सो स्पर्धामा पोर्चुगलका खेलाडीले स्वर्ण तथा इटालीका खेलाडीले कांस्य जिते ।

एपीएफका सुवासले त्यसअघि नेपाल ओपन अनलाइन काता च्याम्पियनसिपमा भने स्वर्ण जितेका थिए । उनले रविन्द्र मानन्धरलाई पछि पार्दै स्वर्ण हात पारेका हुन् । सोतोकान करातेका सुवासले सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण तथा आठौँ राष्ट्रिय खेलकुदमा रजत जितेका थिए ।

दुवै राष्ट्रिय खेलकुदमा भने सुवासले कुमुतेमा प्रतिस्पर्धा गरेका थिए । सातौँमा ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सुवासले आठौँमा ६७ केजीमा खेलेका थिए ।

प्रकाशित मिति: : 2020-10-16 13:58:00

प्रतिकृया दिनुहोस्