दसैं र ‘नयाँ नोट’ को के सम्बन्ध छ?

‘अब दसैंमा नयाँ होइन सफा नोट’

आयोमेल

काठमाडौं
नयाँ लुगा, निधारमा दसैंको टिका अनि दक्षिणामा नयाँ नोट। जब दसैं नजिकिन्छ तब गाउँसहरमा रौनक छाउँछ।

नयाँ लुगा, निधारमा दसैंको टिका अनि दक्षिणामा नयाँ नोट। जब दसैं नजिकिन्छ तब गाउँसहरमा रौनक छाउँछ।

विदेश हिँडेका हुन् वा सहर पसेकाहरू। वर्षको एकपटक भए पनि गाउँघर आइपुग्छन्।

घरपरिवारसँग भेटघाट, मिठोमसिनो खानेकुरासँगै सुखदुःखका बातचित गर्ने अनि ठूलाबडासँग आशिर्वादको चाँजोपाँजो यही दसैंले मिलाइदिन्छ।

योपटक परिस्थिति सहज छैन। कोभिड–१९ ले दसैंको टिका पनि फिक्का हुने देखिन्छ।

र, नेपाल राष्ट्र बैंकले पनि कोभिड–१९ संक्रमण त्रासकै कारण यो वर्ष दसैंका निम्ति नयाँ नोट सटही नगर्ने निर्णय गरिसकेको छ।

राष्ट्र बैंकले प्रत्येक वर्ष दसैं लक्षित रू ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही गर्दै आएको थियो। तर, यसपालि दसैंमा नयाँ नोट नपाइने भएको हो।

यद्यपि, आफ्नो खातामा भएको रकम बैंकबाट झिक्दा केही सुकिला र नयाँ नोट पाइने छ।

दसैं अनि नयाँ नोट

दसैं र  नयाँ नोट एकअर्काका परिपूरकजस्तै बनिसकेका छन्। नयाँ लुगा, नयाँ नोटबिनाको दसैं खल्लो मान्नेहरूकाे जमात ठूलै छ।

‘दसैंमा नयाँ नोटको माग हुन्छ, यसले बजारमा ऊर्जा ल्याउँछ। बालबालिका पनि दक्षिणाका रूपमा नयाँ नोट पाएर खुसी हुन्छन्,’ राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवति नेपाल भन्छन्, ‘नयाँ नोटले बजार चलायमान बनाउन सहयोग गरेको हुन्छ।’

नेपालमा कागजी नोट प्रचलनको सुरुवात दसैं ताकादेखि गरिएको पाइन्छ।

प्रकाशित मिति: : 2020-10-16 17:26:00

प्रतिकृया दिनुहोस्