पाकिस्तानको मुख्य छनोटकर्ता महिलालाई बनाउन रासिद लतिफको आग्रह

पूर्व विकेटकिपर ब्याट्सम्यान रासिद लतिफले पाकिस्तानी टिमको छनोट समितिमा भइरहेका विवाद अन्त्यका लागि महिलालाई छनोट समितिको संयोजक नियुक्त गर्न आग्रह गरेका छन्। 

पाकिस्तानका यी पूर्व क्रिकेटरले महिला संयोजकको नियुक्तिले पुरुष खेलाडीको छनोटमा भइरहने विवादको अन्त्य हुने पनि बताएका छन्। 

पाकिस्तानका प्रमुख प्रशिक्षक मिस्वाह–उल हकले हालै छनोट समितिबाट राजीनामा गरेका थिए। 

रासिदले पाकिस्तानी क्रिकेट बोर्डले कमेन्ट्रीमा महिलालाई अगाडि सारेर राम्रो काम गरेको पनि बताए। उनले अब महिलाहरूलाई व्यवस्थापनको भूमिका पनि दिनुपर्ने आवाज उठाए। 

उनले छनोट समितिको संयोजकमा उरोज मुमताजको नाम लिँदै उनी उपयुक्त पात्र भएको दावी समेत गरेका छन्। ‘मलाई लाग्छ, यसमा कुनै समस्या हुने छैन र उनी यसको हकदार पनि छिन्,’ उनले भने। 

उरोज बाहेक पनि उनले सना मिर र बिस्माह मरुफको नामको सिफारिस गरे।

प्रकाशित मिति: : 2020-10-17 08:12:00

प्रतिकृया दिनुहोस्