ठेकेदारबाट ठगियो मन्दिर, रातो मछिन्द्रनाथलाई ओत लगाउन जागे उपभोक्ता

पहिलोपोष्ट

काठमाडाैं

वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को जात्रा कोरोना भाइरसको संक्रमणका कारण यो वर्ष औपचारिकतामा मात्रै सीमित भयो। भदौ २९ गते पुल्चोकमा रथयात्रा टुंगाएर रातो मछिन्द्रनाथलाई बुंगमती लगियो।

ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको रातो मछिन्द्रनाथको मन्दिर २०७२ साल वैशाख १२ गतेको भूकम्पमा भत्किएको थियो। भूकम्पपछि प्रधानमन्त्री केपी शर्मा ओली आफै बुंगमती पुगेर मन्दिर बनाउन शिलान्यास गरेका थिए। ठेकेदारका कारण लामो समय मन्दिर पुनर्निर्माण अलपत्र बन्यो। जसकारण ५ वर्षदेखि बुंगमतीमा रातो मछिन्द्रनाथ अस्थायी मन्दिरमा बस्न बाध्य भए। लामो समयसम्म मन्दिर नबन्दा स्थानीय र पानेजु (पुजारी) हरु आक्रोशित थिए। ठेकेदारबाट मन्दिरको काम गराउन सुरु भएपनि ठेकेदारले मन्दिरको स्वरुप नै बिगार्ने प्रयास गरेपछि स्थानीय र पानेजुहरुले विरोध गरेका थिए। त्यसपछि रोकिएको काम हाल उपभोक्ता समितिमार्फत सुरु भएको छ। कोरोना कहरका कारण मन्दिर निर्माण प्रक्रिया सोचे अनुरुप हुन नसकेपनि दैनिक रुपमा काम भइरहेको छ बताउँछन् रातो मछिन्द्रनाथ पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्य।

प्रकाशित मिति: : 2020-10-18 12:22:00

प्रतिकृया दिनुहोस्