आफ्नै शरिरमा आगो लगाएका युवकले अस्पतालको तीन तलाबाट हामफाले

राजधानीकाे सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजबाट एक जनाले हामफालेर आत्महत्या गरेका। 

सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट सोलुखुम्बुका २६ वर्षीय युवक रोशन खड्काले हामफालेर आत्महत्या गरेका हुन्। 

खड्का परिवार काठमाडौंको बानेश्वरमा डेरा गरि बस्दै आएका थिए। 

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख जितेन्द्र बस्नेतका अनुसार मृतक युवाले बिहान ८ बजेर ४५ मिनेटमा अस्पतालको तेस्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन्। 

आइतबार साँझ शरिरमा आगो लगाएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनी मानसिक रोगी भएको प्रहरीको अनुसन्धानमा देखिएको छ।

प्रकाशित मिति: : 2020-10-19 10:16:00

प्रतिकृया दिनुहोस्