महामारीका बेला किन बढ्यो मोबाइल आयात ?

देखापढी

काठमाडौं 
तस्विर ः देखापढि

निकेश खत्री    

चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो दुई महिना (साउन/भदौ)मा मोबाइलको आयात बढेको छ।

अघिल्लो वर्षको दुई महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा दुई अर्ब ४३ करोड रूपैयाँले मोबाइलको आयात बढेको हो।

भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष नेपालले विदेशबाट सात अर्ब ९४ करोड २४ लाख रूपैयाँ बराबरको मोबाइल फोन आयात गरेको छ। उक्त रकममा ९ लाख ९५ हजार सेट मोबाइल फोन भित्रिएका छन्।

ती मोबाइल भित्र्याउने क्रममा आयातकर्ताले १२ करोड ५७ लाख रूपैयाँ राजश्व तिरेका छन्।

यस्तै, अघिल्लो वर्षको यही अवधिमा जम्मा पाँच अर्ब १० करोड रूपैयाँको मोबाइल फोन आयात भएको थियो। उक्त रकममा ११ लाख सेट फोन आयात भएको विभागको तथ्यांक छ।

त्यसक्रममा व्यवसायीले ८ करोड रुपैयाँ राजश्व सरकारलाई तिरेका थिए।

प्रकाशित मिति: : 2020-10-19 11:25:00

प्रतिकृया दिनुहोस्