नेकपा सांसद गोकर्ण विष्टले फिर्ता दशैँ भत्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दशैँ भत्ता फिर्ता गरेका छन्। 

आफ्नो खातामा जम्मा भएको रकम बराबरको चेक काटेर उनले साेमबार संसद् सचिवालयमा फिर्ता पठाएका हुन्।

विष्टले संसद् सचिवालयका महासचिवलाई पत्र पठाउँदै अहिले कोरोनाका कारण देशले चरम सङ्कटको सामना गरिरहेको बताएका छन्। साथै उनले लाखौँ श्रमिकले पूर्ण वा आंशिक रुपमा रोजगारी गुमाएको, चउरमा थाल थापेर छाक टार्ने अवस्था देखा परेको पत्रमा उल्लेख गरेका छन्।

‘कोरोना र अन्य रोगका बिरामीले उपचारको लागि अस्पतालको शय्यासमेत नपाउने अवस्थामा अनावश्यक खर्च र कतिपय सुविधासमेत कटौती गरेर नागरिकको उपचारमा केन्द्रित हुनुपर्ने अवस्था देखा परेको छ’, उनले लेखेका छन्, ‘यस्तो अवस्थामा दशैँ भत्ताका नाममा दिएको सुविधाबापतको रकम उपचार र राहतमा सहयोग होस्।’

प्रकाशित मिति: : 2020-10-19 13:19:00

प्रतिकृया दिनुहोस्