प्युठानमा यात्रु बस दुर्घटना: चालककाे मृत्यु, तीनजना घाइते

प्युठानमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार माण्डवी गाउँपालिका २ गोलबाङमा ना ४ ख ५५६१ नम्बरको बस दुर्घटना भएकाे हाे। 

बस सडकबाट करिब एक सय मिटर तल खस्दा दाङ घर भएका बस चालक ४० वर्षीय तारा रानाको मृत्यु भएको प्हरीले जनाएकाे छ।

यसैगरी प्युठानको माण्डवी गाउँपालिका १ तिराम बस्ने ६६ वर्षीय गोकर्ण अधिकारी, ४५ वर्षीया लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० वर्षीया बसन्ता विक घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर छ। घाइतेहरुलाई उपचारका लागि दाङ पठाइएको छ।
 

प्रकाशित मिति: : 2020-10-20 12:41:00

प्रतिकृया दिनुहोस्