धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान १६ का ९० वर्षीय वृद्धको  मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो।

हाइपरटेन्सन र मधुमेहसम्बन्धी रोगबाट पीडित वृद्धमा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियाे। उनलाई कात्तिक १ गते  प्रतिष्ठानमा भर्ना गरिएकाे थिए।

प्रकाशित मिति: : 2020-10-20 20:17:00

प्रतिकृया दिनुहोस्