१० खेलाडीमा सीमित बार्सिलोनाको सहज जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएकाे खेलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ। १० खेलाडीमा सीमित बार्सिलोनाले फेरेन्कभारोसलाई ५-१ ले पराजित गरेको हो।

बार्सिलोनाले समूह जी अन्तर्गत खेलकाे २७औँ मिनेटमा कप्तान लिओनल मेसीको पेनाल्टी गोलमा अग्रता लिएको थियो। कोभाचेभिचले मेसीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। 

४२औँ मिनेटमा अन्सु फातीले सानदार गोल गर्दै अग्रता दोब्बर पारे। फ्रेन्की डे जोङको लामो पासलाई फातीले गोल गरे। 

दोस्रो हाफको सुरुवातमै बार्सिलोनाले ३ गोलको अग्रता लियो। ५३औँ मिनेटमा फातीको पासमा कोउटिन्होले गरेको प्रहार डिफेन्डको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो।

६८औँ मिनेटमा बार्सिलोना १० खेलाडीमा झर्यो। डिफेन्डर जेरार्ड पिकेले पेनाल्टी क्षेत्र भित्र लडाएपछि चोट ग्वेंलाई लडाएपच्जी रेफ्रीले सिधै रातो कार्ड दिए। उक्त पेनाल्टीलाई इहोर खरातिनले गोल गर्दै स्कोर ३-१ को स्थितिमा ल्याए। 

८२औँ मिनेटमा ओस्मान डेम्बेलेको पासमा पेड्रीको गाेल गरे।

निर्धारित ९० मिनेटको एक मिनेट समय बाँकी रहँदा मेसीको पासमा ओस्मान डेम्बेलेले ५-१ काे जित दिलाए।

प्रकाशित मिति: : 2020-10-21 06:24:00

प्रतिकृया दिनुहोस्