रोनाल्डो बिना नै मैदान उत्रिएको युभेन्ट्सको सहज जित

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएकाे खेलमा युभेन्ट्सले  विजयी सुरुवात गरेको छ।  

स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो बिना नै मैदान उत्रिएको पाहुना टोली युभेन्ट्सले २-० को जित दर्ता गरको हो।

समूह जी अन्तर्गत भएको निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले पहिलो मिनेटमा नै अल्भारो मोराटाले गोल गरेका थिए।

तयसपछि ८४ औँ मिनेटमा मोराटा व्यक्तिगत दाेस्राे गोल गर्दै युभेन्टसको जित पक्का गरे। 

प्रकाशित मिति: : 2020-10-21 06:48:00

प्रतिकृया दिनुहोस्