पन्जाबका निकोलस पूरनको उत्कृष्ट ब्याटिङमा दिल्ली ५ विकेटले पराजित

युवा ब्याट्सम्यान निकोलस पूरनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ।

जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍याे। पन्जाबको जितमा पूरनले २८ बलमा ६ चौका र ३ छक्का सहित ५३ रनको याेगदान दिए। 

यता ग्लेन म्याक्स्वेल ३२ रनमा आउट भए। म्याक्सवेलले २४ बलमा ३ चौका प्रहार गरे।

आक्रामक ब्याटिङ गरेका क्रिस गेलले दुई छक्का र तीन चौका सहित एकै ओभरमा २६ रन जोडे। गेलले १३ बलमा २ छक्का र ३ चौका प्रहार गरे।

कप्तान तथा ओपनर लोकेश राहुल ११ बलमा १ चौका र १ छक्का सहित १५ रनमा क्याच आउट भए। दिपक हुडा १५ र जेम्श निशम १० रनमा अविजित रहे। मयंक अग्रवाल ५ रनमा रन आउट भए

कागिसो रबाडाले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। अक्षर पटेल र रविचन्द्रन आश्विनले एक एक विकेट लिए।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो। 

दिल्लीका ओपनर शिखर धवन ६१ बलमा १२ चौका र ३ छक्का सहित १ सय ६ रनमा अविजित रहे। यो धवनको आइपिएलमा लगातार दोस्रो शतक हो। आइपिएल इतिहासमा लगातार दुई खेलमा शतक प्रहार गर्ने धवन पहिलो खेलाडी बनेका छन्। 


त्यस्तै धवनले आइपिएलमा आफ्नो ५ हजार रन पनि पूरा गरे। वनले शतकीय इनिङ खेल्दा अर्कोतर्फबाट दिल्लीका अन्य ब्याट्सम्यानले भने ठूलो इनिङ खेल्न सकेनन्।

श्रेयस ऐर १४, ऋषभ पन्त १४, शिम्रन हेटमायरलाई १० र पृथ्वी शा ७ रनमा आउट भए।

पन्जाबका मोहम्मद शामीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। मुरुगन आश्विनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए। ग्लेन म्याक्सवेलले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए। जेम्श निशमको नाममा १ विकेट रह्यो।

दिल्लीको यो तेस्रो हार हो। यो जितसँगै पन्जाब पाँचौ स्थानमा उक्लिएको छ। जितसँगै पन्जाबले प्ले अफको सम्भावना कायमै राखेको छ।

प्रकाशित मिति: : 2020-10-21 07:05:00

प्रतिकृया दिनुहोस्