कोरोना पीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा: भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कोरोना पीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन्। 

बुधबार बिहान ट्वीट गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले यसरी गैरजिम्मेवार बन्दा महामारी झन् विकराल रुप लिने बताएका छन्।

उनले जनताको ज्यान जोगाउन अरु सबै खर्च रोकेर भएपनि सबै संक्रमितको उपचार निःशुल्क गर्न सरकारलाई आग्रह गरेका छन्। भट्टराईले लेखेका छन्, ‘यो पैसाको अभावले हैन, जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ, भ्रष्टाचार/फजुल खर्च रोके पुग्छ। अस्पतालमा धनीले दिन चाहे दानपात्र राखौं तर सबैलाई निःशुल्क गरौं।’

सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2020-10-21 09:02:00

प्रतिकृया दिनुहोस्