गृहजिल्लाका हाइड्रो परियोजनाको प्रगतिबारे राष्ट्रपतिको चासो

राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत  तथा सिंचाईमन्त्री दिपक खड्कासँग जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका छन्।

सोमबार शीतल निवास बोलाएर मन्त्री खड्कासँग जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी लिएका हुन् । 

पौडेलले १ सय ४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिदैँ समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराएका स्वकीय सचिवालयले जनाएको छ।

यस्तै उनले तनहुँ हाइड्रोसँगै जोडिएको १ सय २६ मेघावाटको तल्लों सेती परियोजनाको यथाशीघ्र कार्यान्वनका लागि मन्त्री खड्कालाई निर्देशन पनि दिएका छन्।

राष्ट्रपति पौडेलले जलविद्युत परियोजनाहरूको योजनाबद्ध विकासबारे पनि चासो राखेको स्वकीय सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2025-06-16 17:35:00

प्रतिकृया दिनुहोस्