दैलेखमा टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

दैलेखमा टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

गुराँस गाउँपालिका २ बान्द्रे आज बिहान बा ४ ख ६७७१ नम्बरको टिपर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोकको चौतारा नगरपालिका १० साँगाचोकका ५१ वर्षीय राजेन्द्र केसी र नुवाकोटको ककनी गाउँपालिका ७ चतुरालीका २५ वर्षका मिलन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-10-21 11:38:00

प्रतिकृया दिनुहोस्