अफगानिस्तानमा भिसा लिने लाइनमा भागदौड मच्चियाे, कम्तीमा १५ को मृत्यु

एजेन्सी

काठमाडाैं

अफगानिस्तानमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। 

अफगानिस्तानको पूर्वी नाङ्गरहार प्रान्तमा पाकिस्तान जानका लागि भिसा लिने क्रममा बुधबार भागदौड मच्चिएकाे थियाे।

कोरोना महामारीका कारण सात महिनापछि पाकिस्तानले भिसा आवेदन खुला गरेको थियाे। 

गर्भनर अताउल्लाह खोग्यानीका अनुसार एक स्टेडियममा जम्मा भएका अफगानी नागरिकको भिडमा भागदौडमा कम्तीमा ११ महिनासहित १५ जनाको ज्यान गएको  छ। ज्यान गुमाउनेमा धेरै वृद्ध व्यक्ति थिए। 

अन्य १३ जना घाइते भएका छन्, तीमध्ये धेरै महिला नै रहेकाे उनले जानकारी दिए। 

‘दुर्भाग्यवश यो बिहान स्टेडियममा १० हजारभन्दा बढी मानिस उपस्थिति हुँदा अप्रिय घटना हुन पुग्यो। दुर्घटनामा धेरुेवृद्धकाे मृत्यु भएकाे छ भने केही महिलाहरु घाइते भएका छन्’, गभर्नर अताउल्लाह खोग्यानीले समाचार संस्था भने।

बर्सेनि धेरै संख्यामा अफगानीहरु आफन्त भेट्न, उपचार गर्न, रोजगारी खोज्न र आफ्नो देशमा चलिरहेको द्वन्द्वबाट बच्न पाकिस्तान जाने गरेका छन्। 

प्रकाशित मिति: : 2020-10-21 19:38:00

प्रतिकृया दिनुहोस्