डिफेन्डिङ च्याम्पियन वायर्न म्युनिखकाे सानदार सुरुवात

डिफेन्डिङ च्याम्पियन जर्मन क्लब वायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेको छ। 

वायर्नले बुधबार राति घरेलु मैदान एलिएन्ज एरिनामा भएकाे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि ४–० को सानदार जितसहित सुखद सुरुवात गरेको हो।

घरेलु टोलीको सानदार जितमा किङ्सले कोमानले दुई तथा लियोन गोरेट्जका र कोरेन्टिन टोलिसोले समान एक गोल गरे। 

एकपक्षीय बनेको खेलको २८औँ मिनेटमा किङ्सले कोमानको गोलबाट वायर्नले खेलमा अग्रता लिएको थियो। 

४१औँ मिनेटमा लियोन गोरेट्जकाले कोमानको पासमा गोल गर्दै वायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए। 

६६औँ मिनेटमा कोरेन्टिन टोलिसोले गोल गर्दै वायर्नलाई ३–० ले अघि बढाए। 

७२औँ मिनेटमा कोमानले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ४–० को सानदार जित दिलाए।

प्रकाशित मिति: : 2020-10-22 06:49:00

प्रतिकृया दिनुहोस्