२० रुपैयाँ दरका नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको छ। 

बिहीबार राष्ट्र बैंकले सूचना जारी गर्दै तत्कालीन गर्भनर डा. चिरञ्जीवि नेपालको दस्तखत रहेको ५ करोड ९० लाख थान नोट बजारमा पठाएको जानकारी दिएकाे हाे।

बायाँतर्फ सगरमाथाको चित्र र दायातर्फ लालीगुराँसको पानी छाप रहेको  ञर ४२०००००१ देखि ठर १००९९९९९९ सम्म सिरियल नम्बर भएको नयाँ नोट बजारमा गएकाे बैंकले जनाएकाे छ।

नोटको तल्लो भागको बोर्डरमा नोटाको ‘सिरिज नम्बर’ नेपालीमा वि.स. २०७६ लेखिएको छ।

नोटको पछाडिको भागमा वाह्रसिङ्गेको तस्बीर हुने छ भने अङ्ग्रेजीमा नेपाल राष्ट्र बैंक र ’रुपिज ट्वान्टी’ भनेर लेखिएको बैंकले जनाएकाे छ।

प्रकाशित मिति: : 2020-10-22 14:26:00

प्रतिकृया दिनुहोस्