घातक ‘होम आइसोलेसन’ : अस्पतालमा छैनन् शय्या, घरमै धमाधम मृत्यु

लोकान्तर

काठमाडाै‌

टवल उपमहानगरपालिकाका नायव सुब्बा नारायणप्रसाद ज्ञवाली कोरोना भाइरसविरुद्ध सन्देश प्रवाह गरिरहेका थिए । उनको फेसबूक प्रोफाइलमा नै ‘म घरमा बसेको छु, देशलाई संक्रमणबाट बचाउन मद्दत गर्नेछु’ भन्ने फोटो राखिएको थियो ।

असोज २८ गते कोरोना संक्रमण भएर बुटवल–८ का वडा सचिव समेत रहेका ४५ वर्षीय ज्ञवाली ‘कोरोनालाई घरमै बसेर जित्छु’ भनेर अस्पताल गएनन् । कात्तिक १ गते उनलाई एक्कासि श्वासप्रश्वासमा समस्या देखियो । परिवारले हारगुहार गरेर अस्पताल लैजान खोज्दा कोरोनाको उपचार हुने बुटवलका सबै अस्पतालका शय्या भरिएका थिए । 

आईसीयूमा राख्नुपर्ने भए पनि ज्ञवालीले कोरोना अस्पतालमा शय्या नपाउँदा असोज १ गते साँझ छट्पटाउँदै मृत्युवरण गरे । अझै संयोग कस्तो रह्यो भने उनी कार्यरत उपमहानगरको सहकार्यमा कोरोना विशेष अस्पताल बनेको थियो तर उनले सोही अस्पतालमा उपचारका लागि शय्या नपाउँदा मृत्युवरण गर्नुपर्‍यो ।

‘स्वास्थ्यप्रति जिम्मेवार हुँदाहुँदा आफ्नै कर्मचारी गुमाउनुपर्‍यो,’ बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने ।

प्रकाशित मिति: : 2020-10-22 15:40:00

प्रतिकृया दिनुहोस्