थप २१ कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउने ८०० नाघे

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ सय नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको हो।

पछिल्लो २४ घण्टामा मात्रै देशभर ३ हजार ६ सय ३७ जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।
 

प्रकाशित मिति: : 2020-10-22 16:48:00

प्रतिकृया दिनुहोस्