प्रेमिका भेट्न लुकिछिपी काठमाडौं आउने फर्पिङका किराँती राजा हुन् पचली भैरव

सेतोपाटी

काठमाडौँ
तस्बिर : सेतोपाटी

सुदीप श्रेष्ठ

काठमाडौंलाई देवी–देउताको सहर मान्ने हो भने हामीले यो कोरोनाकालमा आफू मात्र होइन, देवी–देउतालाई पनि ‘न्यू नर्मल लाइफ’ सिकाउनुपर्नेछ।

जसरी हामी मास्क धारण गर्छौं, पटक–पटक हातमा स्यानिटाइजर दल्छौं, त्यसरी नै देवी–देउताले पनि केही सम्झौता गर्नुपर्छ। संस्कार थोरै तलमाथि भए पनि भक्तजनको स्वास्थ्य ख्याल राख्दै क्षमा गर्दिनुपर्छ।

देउता हुन्, क्षमा नगर्ने त कुरै छैन!

सायद यही सोचेर, पचली भैरव जात्रा व्यवस्थापन समितिले यसपालि ‘न्यू नर्मल’ विधि अपनायो।

घटस्थापनाबाट सुरू भएर यही बुधबार सम्पन्न यो जात्रामा पहिलेजस्तो तामझाम भएन। बाजागाजा सीमित थियो, सहभागीहरू पनि थोरै थिए। जहाँ पहिले–पहिले सबैलाई आउन आह्वान गरिन्थ्यो, यसपालि चाहिँ व्यवस्थापन समितिले नै नआउन आग्रह गर्‍यो। मन लाग्नेहरूले बरू सडक किनार उभिएर जात्राको स्वाद लिए। समय पनि फेरेर राति हुनुपर्नेमा दिउँसै सम्पन्न गरियो।

सबभन्दा ठूलो कुरा त, जो–जो सरिक भए, उनीहरूले पिसिआर टेस्ट गरेका थिए। नेगेटिभ रिजल्ट आउनेहरू बकाइदा पिपिई लगाएर आएका थिए।

प्रकाशित मिति: : 2020-10-23 20:13:00

प्रतिकृया दिनुहोस्