यस कारण विशेष छ जनकपुरको दसैं

आयोमेल

काठमाडौँ
फाइल तस्बिर

धैर्यकान्त दत्त

नेपालीको ठूलो पर्व दसैंको रौनक चारैतिर छाएको छ। घर बाहिर रहेकाहरु परिवारका साथ दसैं मान्न कोरोना त्रासका बीचपनि अधिकांश आ–आफ्ना घर फर्किइसकेका छन्। 

यस वर्षको दसैंलाई कोरोना महामारीले हदैसम्म खल्लो बनाइ दिएको छ। कोरोनाको त्रासबीच दसैं मनिइरहे पनि जनकपुर र वरिपरि क्षेत्रमा उल्लासमा भने खासै कमी आएको छैन। 

स्थानीय प्रशासनले शक्तिपीठहरुमा भीडभाड नगर्न भनेपनि मध्यरातदेखि नै श्रद्धालुहरु पुगिरेका छन्। खसी र मासुका लागिपनि नेपाली समाजमा दसैंको विशेष महत्व छ। 

तर, जनकपुरमा भने दसैंलाई खानपिनभन्दा पनि पुजाआजालाई बढी महत्व दिइएको पाइन्छ। जनकपुरसहित यस क्षेत्रका अधिकांशले महाअष्टमीसम्म माछामासु बार्ने गर्दछन्। 

प्रकाशित मिति: : 2020-10-24 11:23:00

प्रतिकृया दिनुहोस्