महामारीमा स्वास्थ्य क्षेत्र: खेलवाड र अनियमितताको संक्रमण !

हिमाल खबर

काठमाडौँ
तस्बिर : हिमालखबर

रामु सापकोटा
गएको १६ जेठमा भारतको रोजगारीबाट घर फर्किएका सुर्खेतकोे भेरीगंगा नगरपालिका–५ का एक युवक नजिकैको एक विद्यालयमा करीब १० दिन क्वारेन्टिनमा बसे। त्यसपछि उनलाई र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट कोरोना परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि घर पठाइयो। तर, घर पुगेको केही दिनमै ती युवकको मृत्यु भयो। 

पछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखियो। 

आरडीटी किटले कोरोनाभाइरस पहिचान गर्न सक्दैन, यसबाट कोरोना संक्रमित व्यक्तिको शरीरमा भाइरस विरुद्ध लड्ने एन्टीबडी बने/नबनेको मात्र थाहा हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कोरोना परीक्षण गर्ने प्रयोजनमा आरडीटी विधिलाई मान्यता दिएको छैन। 

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसबेला कोरोना पहिचान गर्न आरडीटी विधिलाई पनि मान्यता दिएको थियो। यसैका आधारमा स्थानीय तहले आरडीटी रिपोर्ट नेगेटिभ आएको भरमा क्वारेन्टिनमा बसिरहेकाहरुलाई घर पठाए। मन्त्रालयले गुणस्तर जाँच नभएका आरडीटी किट मार्फत तीन लाख भन्दा बढीको कोरोना परीक्षण गर्‍यो। 

मन्त्रालयले यो विधिबाट कोरोना जाँच्दै नेगेटिभ भएकालाई घर पठाउने नीति अवलम्बन गर्दा कतिपय कोरोना संक्रमितको समयमै सही तरिकाले कोरोना पहिचान हुन नसकेर ज्यान गयो। उनीहरू समुदायमा संक्रमण फैलाउने माध्यम पनि बन्न पुगे।
 

प्रकाशित मिति: : 2020-10-24 11:46:00

प्रतिकृया दिनुहोस्