नाटकीय खेलमा पन्जाबको जित

इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादमाथि किंग्स इलेभेन पन्जाबले १२ रनको नाटकीय जित हात पारेको छ।

शनिबार राति सम्पन्न खेलमा जितको लागि १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा १ सय १४ रनमा अल आउट भएको थियो। 

हैदराबादले अन्तिम १५ रन जोड्न ७ विकेट गुमाएपछि पराजित हुन पुगेको हो। हैदराबादलाई जितको लागि अन्तिम १२ बलमा १७ रन चाहिँएको थियो।

१९ औं ओभरमा क्रिस जोर्डनले ३ रन खर्चेर २ विकेट लिएपछि खेल रोमान्चक बनेको थियो।

अन्तिम ओभरमा हैदराबादलाई १४ रन चाहिँएको थियो। तर अर्शदीप सिंहले सुरुवाती ५ बलमा १ रन खर्चेर ३ विकेट लिँदै महत्वपूर्ण जित दिलाए। 

पन्जाबलाई अन्तिम १८ बलमा २० रन बनाउन आवश्यक हुँदा ६ विकेट रहेको थियो। 

हैदराबादका लागि कप्तान डेभिड वार्नरले सर्वाधिक ३५ रन बनाए। वार्नरले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे। 

यस्तै विजय शंकरले २६ रन जोडे। शंकरले २७ बलमा ४ चौका प्रहार गरे। जोनी बेयरस्टोले १९ रन बनाए। बेयरस्टोले २० बलमा ४ चौका प्रहार गरे।

वार्नर र बेयरस्टोले ६‍.२ ओभरमा ५६ रनको साझेदारी गरेका थिए। यता मनिष पान्डे १५ रनमा क्याच आउट भए। 

मोहम्मद शामीले ४ ओभरा ३४ रन खर्चेर १ विकेट लिए। रबि बिश्रोईले ४ ओभरमा मात्र १३ रन खर्चेर १ विकेट लिएका थिए। 

क्रिस जोर्डनले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। मुरुगन आश्विनले एक विकेट लिए। अर्शदीप सिंहले ३‍.५ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जाबले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो। 

पन्जाबकानिकोलस पूरनले २८ बलमा २ चौका सहित सर्वाधिक ३२ रनको योगदान दिए।

यस्तै  २७ बलमा २ चौका र १ छक्का प्रहार गरेका कप्तान केएल राहुलले २७ रन जोड्दा क्रिस गेलले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाए। 

ओपनर मनदीप सिंह १७ रनमा आउट भए। सिंहले १४ बलमा १ चौका प्रहार गरे। ग्लेन म्याक्सवेल बलमा १२ रनमा क्याच आउट भए। 

जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए। राशिद खानले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए। सन्दीप शर्माले ४ ओभरमा २९ रन खर्चेर २ विकेट हात पारे। 

हैदराबादलाई हराएपछि पन्जाबले ११ खेलमा १० अंक जोडेको छ। पाँचौ स्थानको पन्जाबले प्ले अफ सम्भावना समेत जीवित राखेको छ।

हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ। हैदराबाद तालिकाको छैटौं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2020-10-25 06:50:00

प्रतिकृया दिनुहोस्