जनार्दन शर्मालाई काेराेना संक्रमण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’लाई काेराेना संक्रमण पुष्टि भएकाे छ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत उनले कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन्।

उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई परीक्षण गराउन आग्रह समेत गरेका छन्।

‘केहिदिन यता म सँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछ, उनले लेखेका छन्।

प्रकाशित मिति: : 2020-10-25 07:38:00

प्रतिकृया दिनुहोस्