दशैंमा के खाने – कसरी खाने ?

रातोपाटी

काठमाडौँ
सांकेतिक तस्बिर

सरिता कार्की

हिन्दू धर्मावलम्बीहरुको महान चार्ड बडादशैैं लागिसकेको छ । यो चाँडको धार्मिक पक्ष र महत्त्व आफ्नै ठाउँमा छ, त्योभन्दा ठूलो यसको साँस्कृति पक्ष पनि छ, जसले गर्दा दशैं हिन्दूहरुको मात्र नभई गैर हिन्दूहरुको लागि पनि एउटा महत्त्वपूर्ण चाडको रुपमा मानिँदै र स्थापिँद हुँदै आएको छ । खासगरी दशैं आफन्तहरु संग भेटघाट गर्ने, मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गर्ने एउटा महत्त्वपूर्ण अवसर पनि होे । त्यसबाहेक, दुखजिलो गरेर भए पनि मीठो मसिनो खाने चाडको रुपमा लामो समयदेखि स्थापित परम्परा पनि हो दशैं ।

दशैं संगसगै हाम्रो खानपानमा पनि परिवर्तन आउँदछ । चाडपर्वको खुसीको माहोलमा विभिन्न परिकारहरु पकाइने खाने गरिन्छ । सामान्यतः वर्षदिनभरि जे जस्तो भए पनि यो चाडको अवसरमा सबैको घरमा गच्छेअनुसार मीठोमसिनो पाक्ने, विशेषतः मासुजन्य परिकारहरु बन्ने र अरुबेलाभन्दा बढी नै त्यस्ता परिकारहरु खाने प्रचलन हुन्छ । तर त्यसरी बदलिएको खानपानले हाम्रो शरीरमा विभिन्न असर पुर्‍याउन सक्दछ । विशेष गरी दीर्घरोग (Chronic Diseases) भएका व्यक्तिहरुमा दशैंमा हुने बदलिँदो खानपानले जोखिम बढाउन सक्दछ । त्यसैले दशैंको नाममा गरिने अनियन्त्रित खानपानले निम्त्याउने स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै दीर्घरोगीहरुले मात्रै हैन, स्वस्थ व्यक्तिहरुले पनि आफ्नो खानपान शैलीमा विशेष ध्यान दिनु पर्दछ ।

प्रकाशित मिति: : 2020-10-25 17:44:00

प्रतिकृया दिनुहोस्