चेन्नईसँग बैंगलोर ८ विकेटले पराजित

युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबार साँझ सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले शानदार जित हात पारेकाे छ।

चेन्नई रोयल च्यालेन्जर्स बेंगलोरलाई ८ विकेटले पराजित गरेको हाे। जितका लागि १ सय ४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको हो। 

चेन्नईको जितमा युवा ओपनर रितुराज गायकवाड ५१ बलमा ४ चौका र ३ छक्का सहित ६५ रनमा अविजित रहे। कप्तान महेन्द्रसिंह धोनी १९ रनमा अविजित रहे। उनले २१ बलमा ३ चौका प्रहार गरे।

यस्तै अम्बाती रायडुले ३९ रन जोड्दा फाप डु प्लेसिसले २५ रन बनाए। रायुडुले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यता  डु प्लेसिसले १३ बलमा २ चौका र २ छक्का प्रहार गरे।

 बेंगलोरका क्रिस मोरिस र युजभेन्द्र चहलले एक एक विकेट लिए।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो। 

बेंगलोरका कप्तान विराट कोहलीले सर्वाधिक ५० रनको योगदान दिएपनि जितको लागि प्रयाप्त रहेन। उनले ४३ बलमा १ चौका र १ छक्का प्रहार गरे।

यस्तै एबी डी भिलियर्सले ३९ रन जोडे। डी भिलियर्सले ३६ बलमा ४ चौका प्रहार गरे। ओपनर आरोन फिन्चले ११ बलमा ३ चौका प्रहार गर्दै १५ रन बनाए।

अर्का ओपनर देवदत्त पाडिक्कललाई २२ रनमा पेभिलिएन फर्किए। पाडिक्कले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे।

वासन्टन सुन्दर ५ रनमा अविजित रहे। साम करनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। मिचेल सान्टनारले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। 

दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए। 

प्रकाशित मिति: : 2020-10-25 21:53:00

प्रतिकृया दिनुहोस्