चिनियाँ कम्युनिष्ट पार्टीद्वारा भट्टराई र यमीको स्वास्थ्यलाभको कामना

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

कोरोना संक्रमण देखिएपछि होम भट्टराईसँगै आइसोलेसनमा रहेकी हिसिला यमीको  स्वास्थ्य लाभको कामना गरेको हाे।

डा भट्टराईले कार्तिक ८ गते आफू र पत्नी हिसिलालाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

सीपीसीको अन्तर्राष्ट्रिय विभागले  पठाएकाे एक पत्रमा यही कार्तिक ३ गते भएको सीपीसी र नेपालका प्रमुख राजनीतिक दलबीचको पहिलो संयुक्त भर्चुल बैठकमा डा भट्टराईले गरेको सम्वोधनको पनि प्रशंसा गरेको छ।

बैठकमा वान बेल्ट, वान रोडको सहयोग अघि बढाउन उनी राजी भएकोसमेत सीपीसीले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-10-27 14:31:00

प्रतिकृया दिनुहोस्