मोन्चेनग्लाडबाकसँग हारबाट जोगियाे रियल

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार रातीको खेलमा स्पेनिस च्याम्पियन रियल मड्रिड बोरुसिया मोन्चेनग्लाडबाकसँग हारबाट जोगिएको छ। 

समूह बी अन्तर्गत बोरुसियामा भएको खेलमा रियल अन्तिम समयमा २ गोल गर्दै रियलले खेल २-२ को बराबरी गर्न सफल भएको हो।

खेलको ३३औँ मिनेटमा घरेलु टोलीले एलेसन प्लेयाको पासमा मार्कस थुरामको गोलमार्फत अग्रता लिएको थियो। 

दोस्रो हाफको ५८औँ मिनेटमा थुरामले अग्रता दोब्बर पारे। 

८७औँ मिनेटमा करीम बेन्जेमाले गोल गर्दै खेलमा फर्कने संकेत दिए।  इन्ज्युरी समयको तेस्रो मिनेटमा क्यासेमिरोले सर्जियो रामोसको पासमा गोल गर्दै खेल बराबरी गरे।

प्रकाशित मिति: : 2020-10-28 06:36:00

प्रतिकृया दिनुहोस्