अन्तत: ६ वर्षपछि टुङ्गियाे बर्टोमेउकाे बार्सिलोना यात्रा, बोर्डका सम्पूर्ण सदस्यकाे सामुहिक राजीनामा

एजेन्सी

काठमाडाैं

जोसेप मारिया बर्टोमेउले बार्सिलोनाकाे अध्यक्ष पदबाट राजीनामा दिएका छन्।

बार्टोमेउसँगै बोर्डका सम्पूर्ण सदस्यले मंगलबार राति पदबाट सामुहिक राजिनामा दिएका हुन्।

मार्च महिनामा कार्यकाल सकिने भएपनि उनले ५ महिना अगावै राजिनामा दिएका हुन्। 

सन् २०१४ मा अध्यक्ष भएका उनको आर्थिक अवस्थामा ह्रास, मैदानभित्र खस्कँदो प्रदर्शन र लिओनेल मेसीसँग सम्बन्ध चिसिएपछि आलोचित हुँदै आएका थिए।

बर्टोमेउको मेस्सीसँगको सम्बन्ध समधुर रहन सकेको थिएन। गत अगष्टमा  सम्झौंतामा अंकित रिलिज क्लजको विषयमा क्लबले एकतर्फी भनाइ राखेपछि मेसीले समेत क्लब अध्यक्षको सार्वजनीक रुपमै आलोचना गर्दै आएका थिए।

मेसीले अध्यक्षकै कारण क्लब छोड्ने घोषणा समेत गरेका थिए।

यद्यपी मेसीले क्लबविरुद्ध अदालत नजाने निर्णय गरेका थिए। उनले अन्तिम एक वर्ष क्लबमा नै रहेर सुखद बिदाइ लिने घोषणा गरेका थिए।

बर्टोमेउको नेतृत्वमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।
 

प्रकाशित मिति: : 2020-10-28 06:58:00

प्रतिकृया दिनुहोस्