बुटवलस्थित कोरोना विशेष अस्पतालमा काेराेना संक्रमित महिलाको मृत्यु

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक काेराेना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। 

बुटवल उपमहानगरपालीका १४ की ७१ वर्षीया महिलाकाे बुधवार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए।

उनी गत कात्तिक ६ गते पीसीआर परीक्षण गर्दा पोजिटिभ आएपछि अस्पतालमा भर्ना भएकी थिइन्।

उनी दीर्घरोगी र श्वासप्रश्वासको समस्या रहेको डा गौतमले जनाए।
 

प्रकाशित मिति: : 2020-10-28 12:53:00

प्रतिकृया दिनुहोस्