नेयमार घाइते भएकाे खेलमा पीएसजीकाे जित

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएकाे खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड नेयमार घाइते भएका छन्। 

इस्तानबुल बसकसेइरसँग भएकाे खेलमा नेयमार घाइते भएका हुन्। २६औँ मिनेटमा नै मांशपेशीमा समस्या आएपछि उनकाे स्थानमा पाब्लो सरबिया मैदान छिरेका थिए। 

उनको चोटको अब आज विस्तृत परीक्षणपछि मात्र कति समय बाहिर रहने भन्ने यकिन हुनेछ 

यद्यपी खेल भने पीएसजीले जितेकाे छ। मोइस किनले दुई गोल गरेपछि पीएसजीले खेल २-० ले जितेकाे हाे।

किनले दुवै गोल दोस्रो हाफमा गरेका थिए। उनलाई दुवै गोलमा युवा फरवार्ड किलियन एम्बाप्पेले असिस्ट दिएका थिए।

६४ औँ मिनेटमा एमबाप्पे क्रसमा हेडरमार्फत गोल गर्दै किनले टोलीलाई अग्रता दिलाए। ७९औँ मिनेटमा एमबाप्पेको पास पेनाल्टी क्षेत्रभित्र प्राप्त गरेपछि किनले उत्कृष्ट गाेल गर्दै २–० काेजित दिलाए।
 

प्रकाशित मिति: : 2020-10-29 06:37:00

प्रतिकृया दिनुहोस्