ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना संक्रमण फैलिने निश्चित छ, पुन: लकडाउन घाेषणा गराैँ: डा फाउची

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अमेरिकाभर लकडाउन गर्न आग्रह गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना संक्रमण फैलिने निश्चित भएको भन्दै लकडाउ पुनः जारी गर्न आग्रह गरेका हुन्। 

‘स्वास्थ्य मापदण्डबिना चुनावी र्‍याली गर्नु संक्रमण फैलाउनु हो। भौतिक दूरी कायम नगरी मानिसहरुको भीड जम्मा गर्नु सम्भावित ‘सुपरस्प्रेडिङ’को आयोजना हो। देशभर लकडाउन गरे कोरोना संक्रमण रोकथाममा सहयोग पुग्न सक्छ,’ उनले भने।

आर्थिक रुपमा घाटा भए पनि अस्ट्रेलियाको मेलबर्नमा गरिएको लकडाउन प्रभावकारी देखिएको पनि उनले बताए।

‘कोरोना संक्रमणबाट नराम्ररी प्रभावित अस्ट्रेलियाको मेलबर्न सहरमा कोरोनाका नयाँ केस आउन बन्द नहुन्जेलसम्मका लागि पूर्ण रुपमा लकडाउन गरिएको थियो । जुन प्रभावकारी पनि देखिएको थियो,’ उनले भने।
 

प्रकाशित मिति: : 2020-10-29 11:33:00

प्रतिकृया दिनुहोस्