‘फ्रन्ट लाइनर’ को दसैं न टीका न जमरा

शिलापत्र

काठमाडौँ
सांकेतिक तस्बिर

कृष्णसिंह लाेथ्याल

यो वर्षको दसैं विगतका वर्षको जस्तो उत्साहका साथ नेपालीले मनाउँन पाएनन् । नेपालीहरुको सबैभन्दा ठूलो पर्वको रुपमा मनाइँदै आएको दसैं यो वर्ष विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आफन्त, इस्टमित्र र भिडभाडबाट टाढै रहेर मनाउँन बाध्य भए ।

आ–आफ्नै घरमा रहेर र कोरोना भाइरसबाट बच्ने सावधानीका केही उपाय अपनाएर भए पनि अधिकांश नेपालीले भने दसैं घर–घरमै मनाएका छन् ।

७ कात्तिकमा फुलपातिदेखि सुरु भएको दसैं कात्तिक १५ गते पूर्णिमासम्मै मनाइने गर्छ । तर, यो वर्ष भने १० कात्तिकमा दसैंको टीका जमरा लगाएपछि दसैं समापन जस्तै भएको छ । विजय दशमीपछि आफन्त र मान्यजनबाट टीका थप्न भनेर खासै कोही पनि घरबाहिर निस्केको देखिएन । त्यसरी नै अरु वर्षको जस्तो दसैंमा राष्ट्र प्रमुखहरुलेसमेत सर्वसाधारणलाई लगाउँदै आएको टीका पनि यो वर्ष स्थगित गरियो । 

‘फ्रन्ट लाइनर’ को दसैं

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लागि खटिएका फ्रन्टलाइनरको दसैं भने यो वर्ष पुरै खल्लो भएको छ । उनीहरुले मान्यजन र आफन्त कसैबाट पनि दसैंको टीका लगाउँन पाएनन् । त्यसमध्येका एक हुन प्रहरी प्रधान कार्यालयको २ नम्बर गणमा कार्यरत प्रहरी जवान महेश पाण्डे । पाण्डेको निधार यो वर्षको दसैंमा खाली नै रह्यो । 

अझ प्रहरी प्रधान कार्यालयले कोरोना भाइरस कोभिड–१९ का पोजिटिभ देखिएका आफ्ना कर्मचारीलाई राख्ने गरेको कारण २ नम्बर गणबाट उनी आफ्नो कोठासम्म पनि जान सकेनन् । उनकी श्रीमती पनि प्रहरी नै भएपनि दसैंमासमेत भेट्न पाएनन् । प्रहरी जवानका श्रीमान श्रीमती एउटै कार्यालयमा दरबन्दी दिने भनिएपनि उनीहरु छुट्टाछुट्टै कार्यरत छन् । 

प्रकाशित मिति: : 2020-10-29 13:25:00

प्रतिकृया दिनुहोस्