पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पर्वतको कुश्मा नगरपालिका ६ का कोरोना संक्रमित ५५ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो।

बुधबार कोरोना संक्रमण पुष्टि भएर चरक मेमोरियल अस्पतालको आईसीयूमा ती उनको उपचारको क्रममा मृत्यु भएको हो।

उनलाई कोरोनासँगै निमोनिया, हाइपरटेन्सन र श्वास विफलताको समेत समस्या रहेको अस्पतालले जनाएको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

प्रकाशित मिति: : 2020-10-29 15:19:00

प्रतिकृया दिनुहोस्