९ हजार ७६९ पीसीआर परीक्षण, २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार बिहीबार थपिएकासँगै नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ। 

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ।

त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ। 

हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएकाे मन्त्रालयले जनाएकाे छ। 

बितेकाे २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन्।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन्।

प्रकाशित मिति: : 2020-10-29 16:41:00

प्रतिकृया दिनुहोस्