जुम्लाको तातोपानी गाउँपालिकामा अस्थाई कोभिड अस्पताल

जुम्लाको तातोपानी गाउँपालिकामा अस्थाई कोभिड अस्पताल संचालनमा ल्याइएको छ। 

५ नम्बर वडामा रहेको ऐरेनीमा पाँच बेडको अस्थाई अस्पताल सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘अस्पतालमा हाल साधारण आइसोलेसनमा बेड मात्र राखिएको छ,’ उनले भने, ‘आवश्यकता अनुसार आईसियू र भेन्टिलेटरसहितका 
अन्य महत्वपूर्ण उपकर थप्दै जानेछौं।’

संघीय सरकारले गरेको १० लाख सहयोगमा शुरु गरिएको अस्पतालमा अहिले दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी कार्यरत छन्। 

दुई पटक विज्ञापन गर्दा पनि आवेदन नपरेकोले हाल मेडिकल अधिकृतको पद रिक्त रहेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-29 21:48:00

प्रतिकृया दिनुहोस्