एन्टवर्पसँग टोटेनहम पराजित

युरोपा लिग अन्तर्गत बिहिबार राति सम्पन्न समूह जेको खेलमा टोटेनहमले हार ब्यहोरेको छ।

बेल्जियमको रोयल एन्टवर्पसँग टोटेनहम पराजित भएको हो।

रोयल एन्टवर्पलाई जित दिलाउन २९ औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरेका थिए।

डिफेन्डर बेन डेविसको गल्तीमा एन्टवर्पले गोल गरेको थियो।

समूह जेको दुई खेलबाट एन्टवर्प ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको टोटेनहमको ३ अंक छ।

प्रकाशित मिति: : 2020-10-30 07:10:00

प्रतिकृया दिनुहोस्