ग्रीस र टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा २२ जनाकाे मृत्यु

एजेन्सी

काठमाडाैं

ग्रीस र टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २२ जनाको ज्यान गएको छ। 

भूकम्पका कारण टर्कीमा २० तथा ग्रीसमा दुईजनाको ज्यान गएको पुष्टि भएको हो।

शुक्रबार टर्कीको एजियन तटीय क्षेत्र तथा ग्रीसको उत्तरी क्षेत्रमा रहेको सामोस आइल्याण्ड नजिक केन्द्रविन्दु ७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु टर्कीको इज्मिर प्रान्तमा रहेको अमेरिकी जिओलोजिकल सर्वेले जनाएको छ।

भूकम्पका कारण सो क्षेत्रका घरहरु भत्किए २२ जनाको शव भेटिएको स्थानीय अधिकारीहरुले बताएका छन्।

टर्कीले भने भूकम्प ६.६ म्याग्निच्युडको मात्रै रहेको बताएको छ। यसको धक्का एथेन्स र इस्तान्बुलसम्म महसुस भएको थियो।

भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको जोखिम बढेको छ।

टर्की र ग्रीस फल्ट लाइनमा पर्दछन् र त्यहाँ समय–समयमा भूकम्प गइरहन्छ। 

गत जनवरीमा टर्कीको पूर्वी एलाजीग प्रान्तमा भूकम्प जाँदा ३० जनाले ज्यान गुमाएका थिए भने १६ सयभन्दा बढी भाइते भएका थिए।

टर्कीको इज्मीट सहरमा सन् १९९९ मा गएको शक्तिशाली भूकम्पमा १७ हजारले ज्यान गुमाएका थिए।

प्रकाशित मिति: : 2020-10-31 07:42:00

प्रतिकृया दिनुहोस्