के बिहारमा नीतिशकुमारको अघि उदाउलान् तेजस्वी यादव ?

बिहार चुनाव र चुनावी सभाहरुका अनेकन दृश्यहरुले भारतीय राजनीतिमा नयाँ हलचल सुरु भएको छ। 

१५ वर्षदेखि बिहार राज गरेका मुख्यमन्त्री नीतिश कुमार गठबन्धन र युवा नेता तेजस्वी यादव चुनावी गठबन्धनबीच तिब्र प्रतिस्पर्धामा देखिएको छ। 

यसपटक धेरैको अनुमान तेजस्वी गठबन्धन सत्तामा आउने देखिएपनि नीतिशको अघि अहिले नै सम्भावना नरहेको धेरैको आँकलन छ। 

बिहारका मुख्यमन्त्री तथा एनडीए चुनावी मोर्चाका शीर्ष नेता नीतिश पछिल्लो १५ वर्षे राजनीतिक यात्रामा यसपटक सबैभन्दा कठिन घडीको सामना गरिहेका छन्।

सुरुवाती चरणदेखि नै बिहारी जनताका लागि नीतिश लोकप्रिय मानिन्थे। तर, अहिले मुख्यमन्त्री नीतिशप्रति बिहारी जनताको शंका उत्पन्न भएको छ। 

नीतिश अहिले चुनावी प्रचारका हिसाबले कम चर्चामा छन्। जनतामा नीतिशको व्यवहारप्रति विश्वासको संकट देखिन्छ। 

सुशासन र भ्रष्टाचार सून्य बिहारको दाबीलाई बिहारी नागरिकहरु उल्टै नीतिशलाई मजाक बनाइरहेका छन्। यसपटकको चुनाव प्रचारमा पहिले गरेका प्रतिबद्धता समेत ओझेलमा छ।

नीतिशलाई भाजपाको साथ छ। भाजपाको बिहारमा भने राम्रो समर्थन देखिँदैन। भाजपा लगायतका नेताहरू नीतिश कुमारको चुनावी मोर्चालाई भोट मागिरहेका छन्। 

यस्तो अवस्थामा बिहारका मतदाताहरूको एउटै प्रश्न छ– कसलाई सही ठान्ने? नीतिश र भाजपा पाँच वर्षअघिको निर्वाचनमा वारपारको लडाई गरिहेको बिहारीहरु बिर्सिएका छैनन्। तर, आज उनै समूह भने एउटै पंक्तिमा बसेर भोट मागिरहेका छन्।

नीतिश कुमार राजनीतिको अप्ठेरो चरणमा छन्। उनले वर्षौंको कडा मेहनत र संघर्षको सामना यतिबेला भोगिरहेको भारतीय राजनीतिक विश्लेषक बताउँछन्। बिहारमा तेजस्वी यादवलाई नयाँ मुख्यमन्त्री रुपमा हेर्नेहरुको लर्को नै देखिएको छ। यसको प्रमाण हो– कोरोना कहरका बीचमा आयोजित चुनावीसभाको रमझम र्‍याली र बिहारी जनताको बाक्लो सहभागिता।

यसपटक बिहारमा धेरैले तेजस्वी यादवलाई नीतिश कुमारको विकल्पको रूपमा हेर्दैछन्। 

तरपनि तेजस्वीको लोकप्रियतालाई चासोको साथ हेरिएको छ। चुनावी भीडकै कारण पनि तेजस्वीप्रति आम बिहारी युवा जमातको हौसला बढेको छ। 

नीतिश सरकारप्रति असन्तुष्टि बढेको छ। यो असन्तुष्टि पनि अचम्मको कुरा होइन किनभने नीतिश विगत १५ वर्षदेखि बिहारमा सत्तामा छन्। बिहारमा फर्केका प्रवासी मजदुरहरूको बन्दाबन्दी र बर्षादको बाढीले नीतिशलाई जनतामा असन्तुष्टि बढायो।

महानर र पाटेपुरको सभालाई सम्बोधन गर्दै तेजस्वीले नीतिशप्रति गम्भीर आरोप लगाएका छन्। १५ वर्षसम्मा बिहारका जनतालाई नीतिशले धोका दिएको बताएका छन्। रोजगारी नदिएको र शिक्षा पूर्णरूपमा ध्वस्त भएको तेजस्वीको भनाई छ।

चुनावी अभियान सुरु हुनु अघि नीतिश कुमारलाई अभियान सजिलो हुने आशा थियो। तर, त्यो नीतिशले सोचेझैं भैइदिएन उनी भन्थें,‘गठबन्धन बलियो छ। नरेन्द्र मोदीको लोकप्रियता छ ।’ 

हुनत, महिला मतदाता अझै पनि नीतिशको समर्थनमा छन्। अझैंपनि महिलाप्रति नीतिशको भरोसा भने गुमेको देखिँदैन। 

तेजस्वीप्रति युवाहरुको राम्रो सहभागिता देखिएको छ। उनले युवा मुद्दालाई प्राथामिकताका साथ राखिरहेका छन्। 

तेजस्वीलाई अदृश्य ढंगले बिहार चर्चित कमयुनिस्ट विद्यार्थी नेता कन्हैया कुमारले समेत साथ दिइरहेका छन्।

प्रकाशित मिति: : 2020-10-31 07:56:00

प्रतिकृया दिनुहोस्